मृगौला पुरानो रोग भएकाले धेरै मानिसलाई थाहा हुदैन किनकी शुरुको अवस्थामा केहि लक्ष्यण देखिदैन । कुनै पनि अवस्थाको मृगौला रोगीको लागि शिक्षा नै शक्ति हो। मृगौला रोगको लक्ष्यण हामीलाई थाहा भएमा यसको छिटो र राम्रो उपचार गर्न मद्दत पुग्दछ । यदि तपाइलाई वा तपाईले चिनेको कसैलाई एक वा एक भन्दा बढी यी मृगौला रोगका लक्ष्यणहरु वा तपाई आफ्नो मृगौलाको समस्याबाट चिन्तित हुनुहुन्छ भने तुरुन्तै चिकित्सक सँग भेटेर रगत र पिसावको जाँच गराउनुहोस ।यी मध्ये धेरै लक्ष्यणहरु मृगौला रोगको कारणले नभई अरु रोगको कारणले पनि हुन सक्छ ।
यो थाहा पाउन एउटै मात्र बाटो भनेको डाक्टर को सल्लाह हो ।
यो थाहा पाउन एउटै मात्र बाटो भनेको डाक्टर को सल्लाह हो ।
लक्षण १–पिसावमा परिर्वतन
मृगौलाले पिसाव बनाउने काम गर्छ त्यसैले जब मृगौलाले काम गर्न छोड्छ तब पिसावमा परिर्वतन हुन्छ । कसरी ?
रातीमा पिसाव फेर्न उठ्न पर्ने ।
फिज जस्तो पिसाव आउने, छिन छिनमा पिसाव लाग्ने अथवा धेरै मात्रामा पहेलो पिसाव हुने ।
पिसाव कम लाग्न सक्छ अथवा थोरै मात्रामा धमिलो पिसाव आउने ।
पिसावमा रगत देखिने ।
पिसाव फेर्न बल लगाउनु पर्ने अथवा पिसाव फेर्न गाह्रो हुने ।
लक्षण –२ सुनिने
बिग्रेको मृगौलाले हाम्रो शरिरमा भएको बढी पानी र फोहर फाल्न सक्दैन जसले गर्दा हाम्रो खुट्टा, घुडा, पैतला, अनुहार र हात सुनिने हुन्छ ।
लक्षण –३ थकाई लाग्छ
स्वास्थ्य मृगौलाले एक प्रकारको हरर्मोन उत्पादन गर्छ जसलाई इराथ्रोपोइटिन भनिन्छ । यसले हाम्रो शरिरमा अक्सीजन लाने र रातो रक्त कोशिका बनाउन मद्दत गर्छ । यदि मृगौला बिग्रेमा यसले कम मात्रामा इराथ्रोपोइटिन उत्पादन गर्छ । जसले गर्दा मासु र मष्तिस्क धेरै छिटो थाक्छ । यो अवस्था लाई रक्त अलपता भनिन्छ र यसको उपचार गर्न सकिन्छ ।
लक्षण –४ छाला चिलाउने र दाना आउने
मृगौलाले हाम्रो रगतमा भएको फोहर पदार्थ छानेर पिसावद्धारा फाल्छ तर मृगौला बिग्रेमा रगतमा फोहर पदार्थको मात्रा बढी हुन्छ जसले गर्दा धेरै चिलाउने र छालाको रंग परिर्वतन हुन्छ ।
लक्षण – ५ भोक नलाग्नु वा मुख तितो हुनु
हाम्रो शरीरमा फोहर कुरा जस्तै युरिया ९गचभब० रगतमा धेरै भएमा खानामा रुची घट्ने र साँस गन्हाउने हुन सक्छ । यसले गर्दा मासु खान मन नलाग्ने र तौल पनि घट्दै जान्छ ।
लक्षण –६ वाक वाक र बान्ता
रगतमा युरिया जस्ता फोहर पदार्थको मात्रा धेरै भएमा वाक वाक लाग्ने र वान्ता आउने हुन सक्छ । जसले गर्दा खान मन नलाग्ने र तौल घट्दै जान्छ ।
लक्षण –७ स्याँ स्याँ हुनु
सास फेर्न अपठ्यारो हुनुको मुख्य २ वटा कारण छन्स्
– शरीरमा बढी भएको पानी फोक्सोमा जम्मा भएमा
– रक्त अल्पता भएमा ९शरीरमा अक्सीजनको मात्रा कम भएमा०
लक्षण – ८ जाडो हुनु
शरीरमा रगत को मात्रा कम भएमा न्यानो कोठामा पनि बढी जाडो हुन्छ ।
लक्षण –९ टाउको रिंगाउने र ध्यान केन्द्रित गर्न नसक्नु
मृगौला बिग्रेमा रगतको मात्रा कम हुन्छ जसले गर्दा दिमागमा पुग्ने रगत र अक्सीजनको मात्रा कम हुन्छ । साथै शरीरमा धेरै फोहर भएमा पनि दिमागले राम्ररी काम गर्देन जस्तैस् स्मरण शक्ति कम हुनु, ध्यान केन्द्रित नहुनु र होस हराउने जस्ता लक्ष्यण देखिन्छन् ।
लक्षण – १० खुट्टा र कोखाको पछाडी दुख्न
केहि मानिसहरुमा मृगौलाको समस्या भयो भने पछाडी को ढाड दुख्न सक्छ जस्तैस् मृगौलामा पप्थरी भएमा वा पिसाव मार्गमा अवरोध भएमा खुट्टा वा ढाडको पछाडी दुख्न सक्छ ।
यी मध्य कुनै पनि लक्ष्यण तपाईमा देखिएमा वा तपाई आफ्नो मृगौलाको अवस्था थाहा पाउन इच्छुक हुनुहुन्छ भने चरक हस्पिटलमा जाँच गराई समयमै स्वास्थ्य लाभ लिनु होस् ।
मृगौला र मुटु बीचको सम्बन्ध
मुटु र मृगौला शरीरका अभिन्न दुई अंग हुन् । शरीर संचालनमा दुवैको महत्वपुर्ण भूमिका हुन्छ । कुनै एकलाई असर पर्यो भने स्वतः अर्कोलाई असर पर्ने गर्दछ । मृगौला खराब भई मृगौलाको शुद्धिकरण दर घट्नु वा पिसाबमा प्रोटिन जानुले हृदयघातको जोखिमलाई अत्यधिक बढाउने गर्छ । पर्वाञ्चलका करिब ३५ हजार र्सवसाधारणको घरदैलोमै पुगी विगत केही बर्षेखि हामीले गरेको अध्ययन अनुसन्धानबाट पिसाबमा प्रोटिन जानु एवं मृगौलाको शुद्धिकरणको दर घट्ने घटनाले कार्डियोभास्कुलर रोगको जोखिम २० प्रतिशतले बढ्ने देखिएको छ । जसलाई हामीले अन्तराष्ट्रिय जर्नल मार्फ सन् २०१० मा र्सार्वजनिक गरेका थियौं ।
सोही अनुसन्धानबाट २० दशमलव ७ प्रतिशत मानिसहरु मेटाबोलिक सिन्ड्रोम (मोटोपना तथा रगतमा बोसोपन देखिनु बाट ग्रसित भएको देखिएको थियो भने १० प्रतिशतलाई कुनै न कुनै प्रकारको मृगौला रोगको लक्षणहरु समेत देखिएको थियो । यसले के देखाउंछ भने मृगौला तथा मुटुरोगीहरु समाजमा भूसको आगोसरी बढीरहेका छन् । मुटु र मृगौला दुवैलाई बिगार्ने कारकतत्वहरु (जस्तैः मधुमेह, हाइपरटेनसन, धुम्रपान, शारीरिक ब्यायामको अभाव आदी एकै प्रकारका भएका कारणले पनि यी दुवैको स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने आवश्यकतालाई हामी सबैले महशुश गरेका छौं ।
त्यसैले मृगौलामा असर पर्नु भनेको मुटुमा असर पर्नु हो । त्यसैले भनिन्छ, मृगौला जोगाउनु भनेको मुटुलाई जोगाउनु हो । मृगौलाबाट उत्पादन हुने हर्मोनले रक्तचाप नियन्त्रणमा अहम् भूमिका खेल्दछ । त्यस दृष्टिकोणले पनि रक्तसंचार प्रकृयामा मृगौलाको प्रत्यक्ष असर देखिन्छ ।
मृगौला के हो – यसले कसरी काम गर्छ
मानव शरीरको पेटभित्र मेरुदण्डको दुवैतिर मुठी आकारका दुर्इवटा मृगौला रहेका हुन्छन् । मृर्गौलाले एक दिनमा सरदर दुर्इ सय लिटर रगत छान्छ र त्यसबाट उत्पन्न शरीरका विकार तत्त्वलाई पिसाबको रूपबाट बाहिर पुर्याउछ । यसका अतिरिक्त मृर्गौलाले राता रक्त कोष उत्पादन गर्न, हाड मजबुत बनाउन र शरीरमा रक्तचाप नियन्त्रण गर्न मद्दत पुर्याउछ । मिर्गौलामा समस्या देखिएमा यसले माथि उल्लिखित काम गर्न सक्तैन र यसका कारणले विभिन्न समस्या उत्पन्न हुन्छ ।
मधुमेहलाई सामान्य भाषामा चिनी रोग भनिन्छ । शरीरमा इन्सुलिन भन्ने तत्त्व हुन्छ । यसले शरीरमा भएको चिनीलाई सन्तुलनमा राख्ने काम गर्छ । यसको कमी हुदा शरीरमा चिनीको मात्रा बढ्न जान्छ जसले आखा,मुटु तथा मृर्गौला जस्ता शरीरका विभिन्न अङ्गमा असर गर्दछ ।
मृगौलाका तीन कार्यहरु
१. रगतमा भएका हानिकारक तत्वहरुलाई पिसाबको माध्यमबाट बाहिर फ्याक्ने गर्दछ र शुद्ध रगत फेरी शरीरमा पठाउने गर्छ ।
२. स्वास्थ्यको लागि शरीरलाई चाहिने पानी र खनिज पदार्थको मात्रालाई सन्तुलित राख्ने गर्छ ।
३. शरीरको अन्य कार्यलाई नियन्त्रण गर्नको निम्ति ग्रन्थीरस (हर्मोन उत्पादन गर्छ ।
मृगौला रोगका लक्षण तथा चिन्हहरु
मृगौला रोगको मुख्य लक्षण भन्नु नै शुरुवातमा यसको कुनै लक्षण नदेखिनु हो । तपाईलाई थाहा नभईकन नै तपाईको मृगौला खराब हुन सक्छ । जबसम्म मृगौला पुर्ण रुपले खराब हुदैन तबसम्म त्यसका लक्षणरु नदेखिन सक्छन् । त्यसैले समयमै रगत तथा पिसाब परीक्षण गर्नु अति आवश्यक हुन्छ ।
मृगौला रोगका लक्षण तथा चिन्हहरु
१. पिसाबमा प्रोटिनरएल्बुमिन निस्कनु ।
२. उच्च रक्तचाप हुनु ।
३. खुट्टा सुन्निनु र खुट्टा बाउंडिनु ।
४. धेरैपटक पिसाब लाग्नु (विशेष गरी राती
५. मधुमेहको विरामीले लिने इन्सुलिन सुर्इ वा चक्कीको आवश्यकता कम हुनु ।
६. वाक्वाक् लाग्नु र बान्ता हुनु ।
७. कमजोरी र रगतको कमी हुनु ।
मृर्गौला रोग र मधुमेहको सम्बन्ध
मृर्गौला रोग सामान्यतः जन्मजात विकृति, मुत्र प्रणालीको सङ्क्रमण, बाथरोग, उच्च रक्तचाप र मधुमेह रोग आदिका कारणले लाग्दछ । यी मध्ये मधुमेह र उच्च रक्तचाप मृगौलाका प्रमुख कारण हुन् । मधुमेह रोग सुरुसुरुमा विकसित देशमा देखा परेको भएतापनि आजभोलि विकासोन्मुख देशमा यो एउटा महामारी रोगका रूपमा देखापरेको छ । यसको उपचारमा ठूलो धनराशि खर्च गर्नु परेकाले यसले देशको आर्थिक स्थितिमा नकारात्मक असर पारेको छ । यो दुवै रोगबीच अर्न्तर्सम्बन्ध रहेको छ । मिर्गौला रोगका विभिन्न अवस्थामध्ये अन्तिम अवस्थामा हुने यस रोगको प्रमुख कारण मधुमेह रहेको छ । मधुमेहको कारणले गर्दा मृगौला सम्बन्धी रोग र मुटुसम्बन्धी रोग भएमा निको हुने सम्भावना ज्यादै नै न्यून हुने कुरा अनुसन्धानबाट पनि देखिएको छ । मधुमेह रोगका कारणले मृगौलाको झिल्ली अर्थात ग्रोमेलुरो लाई नष्ट गरी मृगौलाले गर्ने कार्यमा बाधा पुर्याउछ । परिणामस्वरूप शरीरलाई चाहिने प्रोटिन तत्त्व (एल्बुमिन० झिल्लीबाट छिरेर पिसाबको माध्यमबाट बाहिर निस्कन्छ र शरीर सुन्निने जस्ता लक्षणहरू देखापर्छ जसलाई डाइबेटिक नेफ्रोप्याथी भनिन्छ । नेपालमा अन्तिम अवस्थाको मिर्गौला रोगको प्रमुख कारण मधुमेह नै हो भन्ने कुरा अध्ययनले देखाएको छ ।
अमेरिकामा विगत २५ वर्षो अवधिमा मधुमेह रोगीको सङ्ख्या दोब्बर बढेको छ भने भारत, इन्डोनेसिया, चीन, कोरिया र थाइल्यान्ड जस्ता देशमा यस्ता रोगीको सङ्ख्या तीनदेखि पाच गुणा बढेको पाइएको छ ।सन् २०२५ सम्ममा यस्ता रोगीको सङ्ख्या ३८ करोड पुग्ने अनुमान गरिएको छ । तीमध्ये भारत र चीनमा मात्र १३ करोड पुग्ने अनुमान छ । स्वास्थ्य क्षेत्रमा छुट्याएको कूल बजेटको ४० प्रतिशत रकम यस रोगको उपचारमा खर्च हुने अनुमान अनुसन्धानले देखाएको छ ।
मृगौला र मुटु रोगको स्थिति
मिर्गौला रोग विश्वमा एउटा महामारीको रूपमा फैलिएको पाइन्छ । विश्वमा ४० देखि ६० करोड मानिस मिर्गौला रोगको शिकार भएको अनुमान गरिएको छ । पर्ूर्वी नेपालको २० वर्षन्दा माथिका ३५ हजार मानिसमा गरिएको एक अध्ययन अनुसार १० प्रतिशत मानिसमा मृगौला सम्बन्धी समस्या भएको पाइएको छ । मिर्गौला रोगको अर्को महत्वपुर्ण पक्ष के हो भने यसको लक्षण ज्यादै ढिलो देखा पर्छ । । धेरै कम मृगौला रोगीहरूलाई मात्र आफ्नो रोगका बारेमा जानकारी भएको कुरा अध्ययनले देखाएको छ । यसको कार्य क्षमता यति धेरै हुन्छ कि ९० प्रतिशतभन्दा बढी मृगौला खराब भए पनि शारीरिक रूपमा कुनै समस्या देखिदैन तर जब बिरामीमा यसको लक्षण देखा पर्छ त्यति बेला धेरै ढिलो भइसकेको हुन्छ जसको परिणामस्वरूप उसले नियमित रूपमा मेसिनद्वारा रगत सफा गर्नुपर्ने (डायलाइसिस० र मृगौलानै प्रत्यारोपण गर्नु पर्ने स्थितिसम्म आउछ ।
विश्वभर हुने सबैप्रकारको मृत्युको ३० प्रतिशत र स्वथ्य जीवन क्षति हुने १० प्रतिशत कारण कार्डियोभास्कुलर (मुटु० रोग भएको अध्ययनले देखाएको छ । यद्यपी पछिल्लो समयमा आएर विकशित देशहरुमा मुटु रोगीहरुको संख्यामा कमी आएको देखिएपनि विकाशोन्मुख देशहरुमा यसको बढ्दोदर भयावह छ । सन् २००४ मा रगतको शुद्धिकरण गर्ने दरमा आउने कमीका कारणले मुटु रोगबाट हुने मृत्युमा बृद्धी भएको यथार्थ र्सार्वजनिक भएको थियो । त्यसैगरी सन् २००६ मा पिसाबबाट प्रोटिन जाने समस्याले हृदयघातबाट हुने मृत्यसलाई बढाउने गरेको तथ्य फेला परेको थियो । यसबाट के देखिन्छ भने मुटु र मृगौला बीचको सघन सम्बन्ध रहेको छ । दुवै मध्ये कुनै एकमा आएको खराबीले अर्कोलाई प्रत्यक्ष असर पुर्याउंदछ ।
मिर्गौला रोगको चुनौती
संसारमा बढ्दै गएको अस्वस्थ जीवन शैली तथा त्यससग सम्बन्धित मोटोपना, त्यसबाट उब्जाइएको मधुमेहको महामारीसगै मिर्गौला रोगीको सङ्ख्या पनि बढ्दो छ । सुरुको अवस्थामा नै मधुमेह रोगको पहिचान गरी उपचार गरेमा वा यो रोग लाग्नबाट जोगिएमा धेरै हदसम्म मिर्गौला रोगबाट बच्न सकिन्छ । यी रोगहरुलाई नियन्त्रण गर्न उपलब्ध चिकित्सकहरूबाट मात्र सम्भव छैन । यसका लागि आम स्वास्थ्यकर्मी, जनस्वास्थ्यसग सम्बन्धित सङ्घसंस्था, स्वयंसेवकहरूको संयुक्त प्रयासमा जनचेतना ल्याउनु र यी रोगको महामारीबाट बच्नु प्रमुख चुनौतीको विषय बनेको छ ।
मिर्गौला रोगबाट बच्ने उपाय
ड्ड मृगौला रोगसम्बन्धी जनचेतना जगाउन सरोकारवाला सङ्घसंस्था सक्रियता चाहिने ।
ड्ड मृगौ सम्बन्धी रोग छ कि छैन भनेर ए(एल्बुमिन( पिसाबमा प्रोटिन, बी।(ब्लड प्रेसर, सी।(क्रिएटिनिन र कोलेस्टोरेल डी।(डाइबिटिस(मधुमेह, इ।(इ।जिएफआर(मिर्गौलाको रक्त शुद्धीकरण दर नियमित परीक्षण गराउने ।
–नियमित व्यायाम गर्ने ।
–सन्तुलित आहार लिने र शरीरको तौल सामान्य राख्ने ।
–धूमपान तथा मध्यपान नगर्ने ।
–दुखाइ कम गर्ने (आइबुप्रोफेनआदि पेन किलर० जस्ता औषधी जथाभावी प्रयोग नगर्ने ।
–तयारी खाना तथा पेय पदार्थ (फास्ट फुड तथा जङ्क फुड० को उपभोगमा कमी ल्याउने ।
–जोखिमपुर्ण अवस्थामा रहेका (वंशानुगत मधुमेह, रक्तचाप र मृगौला सम्बन्धी रोग, मोटोपन भएका तथा ५० वर्षउमेर कटेका मानिसहरूले अनिवार्य रूपमा नियमित मृर्गौलाको कार्य क्षमता जाच गराउने ।
अन्तराष्ट्रिय नेफ्रोलोजी समाजको सहयोगमा विकाशोन्मुख देशहरुमा किड्नी, हाईपरटेन्सन, डाइबिटिज, कार्डियोभास्कुल डिजिज ‘के।एच।डी।सी।’ कार्यक्रम सञ्चालन भइरहेका छन् । यस कार्यक्रमको मुख्य उद्देश्य मृगौला, उच्च रक्तचाप र मुटु रोगको समयमा नै पहिचान गरी व्यवस्थापन गर्नु हो । हाल नेपालको पूर्वी क्षेत्रमा ‘के।एच।डी।सी। नेपाल’ को नामबाट उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । हालसम्म यस क्षेत्रका ३५ हजारभन्दा बढी व्यक्तिहरूमा र्सर्वेक्षण गरिएको छ । यसबाट पत्ता लागेका रोगीहरूको उपचार तथा अनुगमन वी।पी।कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नियमित रूपमा भइरहेको छ ।
विश्व मृगौला दिवस
प्रत्येक वर्षमार्च महिनाको दोस्रो बिहीबार विश्व मृगौला दिवस मनाइन्छ । यसको प्रमुख उद्देश्य जनमानसमा मृगौला र मृगौला रोगबारे चेतना जगाउनु र विश्वमा बढ्दै गएको मृगौला रोगको महामारी नियन्त्रणका लागि प्रयास गर्नु हो ।
लेखक
प्रा.डा. संजिव कुमार शर्मा
प्रोफेसर
इन्टरनल मेडिसिन विभाग
वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
तथा केएचडिसी नेपालका अध्यक्ष हुन् ।

No comments:
Post a Comment