६ देखि ८ घण्टा सुत्नाले तौल घट्ने


सजिलैसँग तौल घटाउने सोचिरहनुभएको छ रु धेरै नसोच्नुहोस् र आनन्दले सुत्नुहोस् । केइसर परमानेन्टे नाम दिइएको एक अध्ययनले थोरै तनावमा रहने व्यक्ति जसले कम्तिमा पनि दिनको ६ घण्टा सुत्छ तर ८ घण्टाभन्दा बढि सुत्दैन, त्यस्तो मानिसहरुको तौल १० पाउण्ड घट्ने बताइएको छ । केइसर परमानेन्टेको ओरेगन र वासिङ्टनमा गरिएको उक्त अध्ययनमा ५०० जना सहभागी थिए जसमा निन्द्रा, तनाव, टेलिभिजनको हेराई र कम्प्युटरको बसाईसँगको तौल घट्नुसँग सम्बन्ध छ किछैन भन्ने कुराको अनुसन्धान गरिएको थियो ।पहिले अनुसन्धान गरिएको
तथ्यहरुमा तौल बढ्नुमा यी कुराहरु एकअर्कामा सम्बन्धित छन् कि छैनन भन्ने विषयमा अध्ययन गरिएको थियो र कसैले यी कुराहरुले तौल घट्ने हो कि भन्ने कुराको अनुमान समेत गरेका थिए ।

‘जो मानिसहरु तौल घटाउने सोचमा हुनुहुन्छ, उनीहरुले सहि समयको निन्द्रा पाउनु अपरिहार्य छ र तनावलाई बिर्सनु पर्ने सुझाव यो अध्ययनले दिएको छ,’ मुख्य लेखक चाल्र्स एल्डरले जानकारी दिए ।  ‘कुनै मानिसहरुलाई आफ्नो समयतालिका याद गरेर चाँडै बेडमा जानु आवश्यक हुन्छ । अरुहरुले व्यायामले तनावलाई घटाएर मिठो निन्द्रा दिन मद्दत गर्छ भन्ने सोच्न सक्छन् । कसैलाई ध्यानले सहयोग गर्नेछ । ’ उनले थपे । उनीहले अनुसन्धानले सबै वर्गका मानिसहरुका लागि उपयुक्त नहुनसक्छ भन्ने सावधानी पनि अनुसन्धानकर्ताहरुले जानकारी दिएका छन् । उक्त अनुसन्धान इन्टरनेशनल जर्नल अफ अबेसिटीमा प्रकाशित गरिएको थियो ।

No comments:

Post a Comment