गुरुंग समाज स्वीनडन यू के ले धुमधाम संग ल्होसार मनायो

        हरि गुरुंग बेलायत

यहि  जनवरी ७ का दिन स्वीनडन यु के मा बसोबास गर्ने तमुहरूले मुप्रिलो
ल्होसार २०१२ भब्य रुपमा मनायो  I करीब दिनको २ बजे बाटा  शुरू भएको कार्यक्रममा
लगभग ३०० जाना जतिको उपस्थिति  थियो l  ल्होसार कार्यक्रम री. क्या  इमान कुमार गुरुंग
को स्वागत मनतब्य बाटा शुरू गरिएको थियो l  वहाले  उपस्थित सबैलाई मुप्रिलो ल्होसारको
शुभकामना दिनु भयो l  त्यस पछि तमुहरुको परंपरा अनुसार बत्ती बालि  पुजा  आजा  गरिएको थियो l  यो बर्ष गरुड़ बर्ग परेको हुनाले  ग्रह शान्तिका लागि यो  बर्गका सबैले  रूपा  लगाउने काम पनि भयो l
 समाजका जेष्ठ नागरिक श्रीमती आइती गुरुंगले रूपा लगाई दिनु भएको थियो l

गोरखा जिल्ला गुरुंग समाज यू के को ल्होसार भब्यताका साथ समपन्न

  हरि गुरुंग (बेलायत)
       गुरुंग जातिहरुको महान पर्ब ल्होसार हरेक बर्ष पौष १५ मा परम्परागत रुपमा मनाउने गरिन्छ I   बिदेशमा रहेका तमुहरूले  आ- आफ्नो  समय अनुकुल पारेर केहि फरक दिनमा मनाउने गरिन्छ I  यसरी नै गोरखा जिल्ला गुरुंग समाज यू के ले हरेक बर्ष झै यो बर्ष पनि यही ३१ डिसेम्बर का दिन कनौट स्कूल अल्डरसटमा मुप्रील्हो  ल्होसार  भब्यताका साथ मनायो I लामागुरुको  पुजा पाठ बाट कार्यक्रमको सुरुवात गरिएको थियो I  यो बर्ष गरुड़ बर्ग परेकोहुनाले उनीहरुको ग्रह शान्तिको लागि लामागुरु बाट ग्रह काटेर रूपा लगाउने काम पनि भयो I यस पुजा अबधिभर लामागुरु लाई
पुजाको लागि दिनेश गुरुंगले सहयोग गरेका थिए I   पुजाको समापन पछि समाजका सदस्य तथा  संयोजक बलराम गुरुंगले दोस्रो चरणको कार्यक्रम सञ्चालन गरेको थिए I समाजका अध्यक्ष पञ्च गुरुंग बाटा कार्यक्रममा  उपस्थित सबैलाई  ल्होसरको शुभकामान र स्वागत मनतब्य राख़नु
भएको थियो I