जीवनसाथीको खोजीमा छु दीपाश्री निरौला



विवाहपछि व्यक्तिगत स्वतन्त्रता गुम्छ भनेर त होइन, मेरो आफ्नो करिअर छ, त्यसलाई कुन रूपमा अघि लैजाने भन्ने त मेरो हातमा छ नि !


दीपाश्री निरौला कलाकार

कलाकारहरू आफ्नो उमेर ढाँट्छन् । नढाँटी भन्नोस्, तपाईं कति वर्ष पुग्नुभो ?
अरूले उमेर ढाँट्छन होला, तर म नढाँटी भन्छु- म ३५ वर्षकी भएँ 
बिहे किन नगर्नुभा'को ? लगनै नजुरेर हो कि सही केटा नपाएर ? वा अरू नै कारणले ?
त्यस्तो कुनै कारण छैन । एक्लै बस्दाको जति स्वतन्त्रता बिहे गरेपछि कहाँ पाउनु ? एक्लो जीवन नै 'बिन्दास' लाग्छ मलाई 
एक्लो जीवनको मज्जा के ?
कसैको टर्चर (यातना) सहनु परेन । हरेक कुराको निर्णय आफँैले गर्न पाइयो । आफ्नो खुट्टामा उभिनेका लागि यस्तै जीवन ठीक 
नमज्जा लाग्ने नि ?
साथीहरू परिवारसँगै रमेको देख्दा र उनीहरूले बच्चा खेलाउँदा कता-कता नरमाइलो लाग्छ 
साथीहरू बच्चाबच्ची लिएर हिँड्दा रहर लाग्दैन ?
किन नलाग्नु, लाग्छ नि ? साथीहरूले बच्चाका लागि सपिङ गर्दा मैले बिहे गर्न ढिला गरें कि भन्ने हुन्छ 
नेपाली समाजमा महिलाको छेउमा पुरुष उभिएन भने महिलालाई बाँच्न गाह्रो हुन्छ भन्छन् ? तपाईंलाई के लाग्छ ?
त्यो सत्यता त छँदै छ । तर, स्वावलम्बी र आत्मनिर्भर भइयो भने पुरुषविना पनि बाँच्न सकिन्छ 
केही कुरा यस्ता हुन्छन् जो जीवनसाथीसित मात्र सेयर गर्न सकिन्छ । त्यसो अवस्थामा बोर लाग्दैन ?
जीवनसाथी नै नभएकाले होला । मैले त्यस्तो अनुभूति गरेको छैन 
टेलिफिल्ममा श्रीमती वा गृहिणीको भूमिका राम्रो गर्नुहुन्छ ? कहिलेकाहीँ लाग्दैन- बिहे नगरेर धेरै कुरा मिस गरें भनेर ?
म 'रिल' जीवनमै अघाएकी छु । सिरियलमा गृहिणीका समस्या भोगाइका बारेमा खेल्दैमा पुग्यो मलाई 
विवाह प्रस्ताव कति आए ?
आए र आइरहेका छन् । धेरैभन्दा धेरै 
किन कसैलाई मौका दिनु भएन ?
कुनै वेला एउटालाई मनको 'राजा' बनाएकी थिएँ । उसलाई नपाएपछि त्यस्तो कोही आएको छैन 
त्यसोभए, जीवनभरि एक्लै बस्ने विचारमा हुनुहुन्छ ?
होइन । ढिलो-चाँडो विवाह गर्छु 
लगनै नजुरेको हो कि ?
अहिलेसम्म त्यही भन्नुपर्‍यो 
तपाईंको नजरमा आदर्श जीवनसाथी कस्तो हुनुपर्छ ?
अर्काको भावना बुझ्ने र कतिपय कुरामा आफ्नै निर्णय गर्न सक्ने व्यक्तिलाई म आदर्श ठान्छु 
भनिन्छ- विवाह यस्तो लड्डु हो जसलाई खाने पनि पछुताउँछ र नखाने पनि । नखाई पछुताउनुभन्दा खाएर पछुताए के फरक पर्ला ?
खानलाई त भातै काफी छ । किन लड्डु खोज्नु ?
एक्लै बस्दाका दुःख के-के हुन् ?
त्यस्ता धेरै दुःख छन् जस्तो लाग्दैन 
विवाहपछि व्यक्तिगत स्वतन्त्रता गुम्छ भनेर बिहे नगर्नुभएको त होइन ?
त्यस्तो केही होइन । मेरो आफ्नो करिअर छ, त्यसलाई कुन रूपमा अघि लैजाने भन्ने त मेरो हातमा छ नि !
तपाईंको कोही केटा साथी छ ?
पहिले थियो । अहिले छैन 
अहिले तपाइ सबैभन्दा नजिक कोसँग हुनुहुन्छ ?
साथीहरू कल्पना र दीपक, अनि दिदीहरूसित 
अब कति समय एक्लै रहने विचार छ ?
यो त भगवान्लाई मात्र थाहा छ 
प्रस्तुतिः खगेन्द्र पौड्याल


No comments:

Post a Comment