स्विन्डनमा नेपाली भाषाको पठन पाठानको शुभारम्भ

भोला बिक्रम राई - स्विन्डन
बिभिन्न कारणले वेलायतमा प्रवासी जीवन बिताउनु बाध्य भए पनि आफ्ना सन्ततिहरु माँझ नेपाली भाषा साहित्यको संरक्षण तथा संवर्धन गरिरहने पवित्र उद्देश्यले नेपाली समाज स्विन्डनले नेपाली भाषा पठनपाठान कक्षाको सुरुवात गरेका छ। यहि जनवरी १७ तारिख सनिवारको दिन Next Generation Swindon Sports & Fitness Centre मा समाजका अध्यक्ष राजन क्षेत्रीले नेपाली कक्षाको रिबन काटेर उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रम संवोधन गर्दै उहाँले, यो कक्षाले स्विन्डनमा रहेका नेपालीहरुको भावि सन्ततिहरु माँझ नेपाली भाषा संरक्षण गरिरहन महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्नु भयो । उहाँले, यो शुरुवात मात्रै भएकोले त्रुटिहरु भए सुधार गर्दै भविष्यमा पनि यस्ता कक्षाहरुलाई निरन्तरता दिईने कुरा उल्लेख गर्नु भयो । साथै उहाँले नेपाली भाषा सिक्न चाहने बिद्यार्थीहरुलाई शुभकामना दिनुभयो। मन्तव्यको क्रममा समाजका उपाध्यक्ष तथा नेपाली भाषा कक्षा सन्चालन कोअर्डिनेटर बल्लव गुरुङले यो अभियानमा साथ दिनहुने अभिभावक, बिद्यार्थीहरु तथा अन्य सबैलाई धन्यवाद दिनु भयो ।