यति दु:ख गर्यो भने हिरा फल्छ स्वोदेश मै

सयकडा तीन गरि, बिदेश नआउनु है 
दलालको भर परि, बिदेश नआउनु है 

यति दु:ख गर्यो भने हिरा फल्छ स्वोदेश मै 
धेरै डाडा नदि तरी, बिदेश नआउनु है

हरा भरा बनाउ अब आफ्नै गाऊ बेसी
गाऊ छोडी सहर झरी, बिदेश नआउनु है

एक्लै छाडी बिचरा ती बुडा बा,आमा लाई
राम श्याम गोपाल हरि, बिदेश नआउनु है

नवराज भट्ट
धादिङ ,मैदी २ अमराइ
हाल :अबुधाबी , यू.ए.इ

स्वीनडन नेपाली समाजको भवन निर्माण उप समितीको बैठक संपन्न


हरि  गुरुंग  स्वीनडन 15 डिसेम्बर 2012
स्वीनडन नेपाली समाजको  भवन निर्माण उप समितीको  बैठक  मिति  15 डिसेम्बर 2012 का दिन ब्रोड ग्रीन कम्युनिटी सेन्टरमा संपन्न भयो l    उक्त उप समितिको बैठकमा 25 जना सदस्यहरुको   उपस्थित रहेको  थियो l  सान्त पुनको  अध्यक्षतामा बसेको    उक्त बैठकमा  नेपाली समाज स्वीन डनका अध्यक्ष ,  उपाध्यक्ष ,सेक्रेटरी  ,कोषाध्यक्ष, लगायत सीनियर सिटिज़नका  कोओडीनेटर